Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

‘जेन-जी’लाई रविको सन्देश : तपाईंहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ

‘घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार जेनजी पुस्ताले गर्न लागेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हुने बताएका छन्। नख्खु कारागारबाट उनले निजी सचिवालयबाट शुभेच्छा वक्तव्य जारी गर्दै युवाहरूमा इतिहास बदल्ने शक्ति रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि जेनजीहरूले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा गर्ने प्रदर्शनले इतिहासको नयाँ सुरुवातको भएको उल्लेख गर्दै उनले विवेक प्रयोग गर्न र सचेत हुन आग्रह गरेका छन् ।

‘सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले भनेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस् ।

लामिछानेले शासकहरुले खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसेको बताएका छन् । ‘भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुस्ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,’ सभापति लामिछानेले आफ्नो सन्देशमा भनेका छन्, ‘तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’

Rabi Lamichhne.jpeg
undefined