Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

बालिकालाई ठक्कर दिएर भाग्ने मन्त्रीलाई जेल हाल्नुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले शनिबार हरिसिद्धिमा जेब्राक्रसबाट बाटो काटिरहेकी ११ वर्षीया बालिकालाई ठक्कर दिएर भागेको गाडीमा चढेका मन्त्रीलाई जेल हाल्नुपर्ने बताएका छन्।

राजधानीमा शनिबार संवाददाताहरूसँग कुरा गर्दै सांसद् शाहीले भने- ‘जनतालाई जेब्राक्रममा गाडीले हानेर भागेका मन्त्रीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ।’ गाडीलाई ठक्कर दिएपछि ती मन्त्री उनलाई उपचार गर्न अस्पताल लैजानुका सट्टा उनी भागेका थिए। ‘उनलाई पक्राउ गरेर जेल हाल्नुपर्छ,’ उनले भने।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार सरकारी गाडीको ठक्करबाट शनिबार बिहान एक बालिका घाइते भएकी थिइन्। मन्त्री मगर भने भागेका थिए।

शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका२८ स्थित हरिसिद्धीमा एमालेको विधान महाधिवशेनमा जाँदै गरेका मन्त्री मगर सवार को १ झ ६९९ नम्बरको गाडीले ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो।