Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय फिर्ता गर्न सांसद नेम्वाङको माग

सत्तारुढ दल नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले जनतालाई थप सास्ती, हैरानी र झन्झटमात्र बढाएको भन्दै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।

सांसद नेम्वाङले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग गरे ।

उनले गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए ।