Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

बेइजिङ पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट बेइजिङ पुगेका छन्। 

तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो । 

Oli_31756788177.jpeg

प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।