Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कोशीका भौतिकमन्त्री राई कुवेत जाने,  खर्च आयोजकले व्यहोर्ने

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई कुवेत जान लागेका छन् ।

जनसम्पर्क समिति कुवेतको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार मन्त्री राईको सम्पूर्ण भ्रमण खर्च आयोजकले नै व्यहोर्नेछन् ।

यसैबीच, मन्त्रिपरिषद्ले कोशी प्रदेशमा नयाँ जिम्मेवारीसमेत तोकेको छ । हालै सरुवा भएर आएका डा.यदुचन्द्र घिमिरेलाई स्वास्थ्य मन्त्रालयको प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरिएको हो ।