Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

रवि भेट्न नक्खु कारागार पुगे रास्वपाका नौं आकांक्षी उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही–३ का आकांक्षी नौ उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् । पार्टी सभापति लामिछानेलाई भेट्न उनीहरू आज (आइतबार) ललितपुरस्थित नक्खु कारागार पुगेका हुन् ।

आउँदो कात्तिक १७ गते हुने रूपन्देही–३ मा उपनिर्वाचन हुँदैछ । जसका लागि रास्वपाबाट नौं जना आकांक्षी छन् । उनीहरूमध्येबाट एक जनालाई रास्वपाले आजै उम्मेदवार घोषणा गर्दैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् रास्वपाले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल छन् ।

कुसुम, मधु, सुलभ र जितबहादुर बाहेक पाँच जना भैरहवाका हुन् ।