Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चार दिने चीन भ्रमणका लागि चीन पुगे पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणमा तियानजिन पुगेका छन् । उनी सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

रुसको आधिकारिक समाचार एजेन्सी तासका अनुसार, पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन पुगेका छन् र उनी तियानजिन पछि बेइजिङ जानेछन् ।

तासले राष्ट्रपति पुटिनलाई तियानजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा 'गार्ड अफ अनर' दिइएको बताएको छ । पुटिनले जापानसँगको युद्धको ८०औं वार्षिकोत्सवको अवसरमा चीनमा आयोजना हुने 'विजय दिवस' परेडमा पनि भाग लिनेछन् ।

चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने सांघाई सहयोग संगठन शिखर सम्मेलनमा धेरै देशका नेताहरू आइपुगेका छन् ।