Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बेलायतसहित तीनदेशको इरानमाथि पुनः प्रतिबन्ध लगाउने प्रक्रिया शुरु

बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर इरानमाथि पुनः प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेका छन् ।

यी तीन देशहरूले इरानसँग निरन्तर वार्ता गरिरहेका थिए र तेहरानले अमेरिकासँग आणविक वार्ता पुनः सुरु गरोस् भन्ने चाहन्थे। यी देशहरूले अगस्टको अन्त्यसम्ममा इरानले सम्झौता नगरेमा, उनीहरूले पुनः प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका थिए। यी २०१५ को आणविक सम्झौता पछि हटाइएका उही प्रतिबन्धहरू हुन् ।

तीन देशहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै इरानले सम्झौताको पालना नगरेको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराएको बताएका छन् । साथै इरानको आणविक कार्यक्रम यसको अत्यधिक समृद्ध युरेनियम भण्डारका कारण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि खतरा बनेको उनीहरुले बताएका छन् ।