Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

इसेवाको बिजनेस लिंक सुविधा सार्वजनिक

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले व्यवसायीहरूको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले इसेवा बिजनेस लिंक सुविधा सार्वजनिक गरेको छ।

कम्पनीले स्वीफ्ट एकाउन्ट स्वीच फिचरसहितको सुविधामार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाता एउटै इसेवा एपबाट व्यवस्थापन गर्न सक्ने जनाएको छ।

कम्पनीका अनुसार धेरै वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै इसेवा बिजनेस लिंकले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ।

यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एप परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ। यो नयाँ सुविधालाई कम्पनीले डिजिटल भुक्तानीमा एक महत्त्वपूर्ण कदम मानेको छ।