Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

संसदीय सुनुवाई समितिको सभापति पदबाट ईश्वरी न्यौपानेको राजीनामा

ईश्वरी न्यौपानेले संघीय संसदको संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएकी छन् ।

न्यापौनेले मंगलबार सभामुख देवराज घिमिरेलाई राजीनामा दिएकी हुन् । उनले राजीनामामा भनेकी छन्- संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै / तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।'

न्यौपानेलाई कांग्रेसले राज्य व्यवस्था तथा सुशान समितिको सभापति बनाउन निर्णय गरेकाले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएकी हुन् ।

उनले आजै राज्य व्यवस्था समितिको सभापति पदको मनोनयन दर्ता गर्दैछिन् । संघीय संसद सचिवालयले आज दिउसो १ बजेद्केही ४ बजेसम्म सभापतिको मनोनयन गर्ने समय तालिका तोकेको छ ।