Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

इम्बोस्ड नम्बर अनिवार्य गर्नु जनतामाथि अर्को अन्याय: सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद विराजभक्त श्रेष्ठले सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको कडा आलोचना गरेका छन् । यो निर्णयलाई उनले जनतामाथिको अर्को अन्याय र जनभावना विपरीतको कदम भनेका छन् ।

‘तयारी नै नगरी बलजफ्ती रूपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय हो,’ उनले एक्समा लेखेका छन्, ‘नागरिकलाई लाइसेन्स वितरण गर्न नसकेको सरकारले अब पुनः पूर्वाधार, प्राविधिक तयारी र नेपाली भाषा–लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावना विपरीत कदम हो ।’

सरकारले आगामी असोजदेखि देशभरका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ । यो निर्णयअनुसार असोज एक गतेदेखि सबै यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।