आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

भारतको जम्मू कश्मीर दुई वरिष्ठ अधिकारीसहित छ प्रहरी सीबीआईको नियन्त्रणमा

भारतको जम्मू कश्मीर दुई वरिष्ठ अधिकारीसहित छ प्रहरी सीबीआईको नियन्त्रणमा

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • भारतको जम्मू कश्मीर दुई वरिष्ठ अधिकारीसहित छ प्रहरी सीबीआईको नियन्त्रणमा

    भारतको जम्मू कश्मीर प्रहरीका दुई अधिकारीसहित छ जना प्रहरीलाई सीबीआईले पक्राउ गरेको छ ।

    यी प्रहरीमाथि एक जना सहकर्मी प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । सीबीआईले बुधबार साँझ अभियुक्त प्रहरीलाई पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    उनले पक्राउ परेका प्रहरीमा एक डीएसपी र एक निरीक्षक पनि रहेका छन् । उनीहरूको नाम डीएसपी अजाज अहमद नाइको, इन्स्पेक्टर रियाज अहमद, जहांगीर अहमद, इम्तियाज अहमद, मोहम्मद युनिस र शाकिर अहमद रहेका छन् ।

    पक्राउ परेका प्रहरीमाथि आफ्ना एक सहकर्मी खुर्शीद अहमद चौहानलाई कुपवाडाको संयुक्त सोधपुछ केन्द्रमा बोलाएर २०२३ मा दुर्व्यवहार गरेको आरोप छ । त्यति बेला खुर्शीद अहमदलाई छ दिनसम्म हिरासतमा राखिएको थियो । 

    सन् २०२३ मा, खुर्शीद अहमद चौहान बारामुल्लामा तैनाथ थिए । उनलाई लागूऔषध मुद्दाको अनुसन्धानमा उपस्थित हुन भनिएको थियो । त्यतिबेला प्रहरीले खुर्शीद अहमदविरुद्ध पनि मुद्दा दर्ता गरेको थियो । खुर्शीद अहमदले आफूविरुद्ध दर्ता भएको मुद्दा खारेज गर्न जम्मू कश्मीर उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले उनको निवेदन खारेज गरेको थियो, त्यसपछि उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । जुलाई २१, २०२५ मा, सर्वोच्च अदालतले खुर्शीद अहमद विरुद्ध दर्ता भएको मुद्दा फिर्ता लिन आदेश दिएको थियो ।

    साथै, अभियुक्त प्रहरीहरू विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिँदै, सीबीआईलाई यस विषयमा अनुसन्धान गर्न भनेको थियो । अदालतले खुर्शीद अहमदलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न पनि आदेश दिएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार