Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नेपाललाई भारतको जवाफ: नेपालले भू-भागबारे गरेको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन (वक्तव्यसहित)

भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको आफ्नो धारणाको सम्बन्धमा जवाफ फर्काएको छ । नेपालको परराष्ट्र मन्त्रालयनेपाली भूमी लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारका विषयमा सहमति भएको विषयमा बोलेको थियो ।

 जसमा परराष्ट्र मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ भनेको थियो ।

यही सन्दर्भमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आज नेपालले सिमासम्बन्धी विषयमा राखेको धारणाबारे बोलेका छन् । उनले भारत र चीनले लिपुलेक पास हुँदै सिमा व्यापारसम्बन्धी हालै पूनः नाका खोल्नको लागि गरेको सहमतिको विषयमा राखेको धारणालाई नोटमा लिएको भनेका छन् ।

MEA-of-India-issued-a-statement.jpg