आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

सबै बन्धकको रिहाई नभए युद्धविरामप्रति अनिच्छुक देखियो इजरायल

सबै बन्धकको रिहाई नभए युद्धविरामप्रति अनिच्छुक देखियो इजरायल

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • सबै बन्धकको रिहाई नभए युद्धविरामप्रति अनिच्छुक देखियो इजरायल

    इजरायलले हमासले बन्दी बनाएका सबै बन्धकको रिहाईको माग गरेपछि युद्ध विरामको प्रस्ताव अलपत्र परेको छ । यसअघि हमासले कतार र इजिप्टले प्रस्तुत गरेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरेको थियो ।

    तर इजरायलले गाजामा राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरिरहेको छ, जसले गर्दा हमासले सोमबार सहमति जनाएको नयाँ ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने शंका उत्पन्न भएको बताइएको छ ।

    कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा लगभग आधा बन्धकहरूको रिहाइ हुने र कतारका अनुसार यो प्रस्ताव इजरायलले पहिले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग समान रहेको बताएको छ ।

    इजरायलले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायलले आंशिक सम्झौतामा रुचि नराख्ने बताएका छन् । उनले अब चीजहरू परिवर्तन भएको बताउदै प्रधानमन् बेन्जामिन नेतान्याहूले गाजाको भविष्यको लागि योजना बनाएको बताएका छन् ।

    हमासले युद्ध विरामको सम्झौता भएमा १० जीवित र १८ मृत बन्धकहरूलाई पहिले हस्तान्तरण गरिनेछ, त्यसपछि दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताको लागि वार्ता गर्ने उल्लेख छ । इजरायलले २२ महिनाको युद्ध पछि ५० बन्धकहरू मध्ये २० मात्र जीवित रहेको विश्वास गरेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार