आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

संसद भवन भित्रै ३० वर्षीय सांसद मृत भेटिए

संसद भवन भित्रै ३० वर्षीय सांसद मृत भेटिए

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • संसद भवन भित्रै  ३० वर्षीय सांसद  मृत भेटिए

    फिनल्याण्डमा संसद भवन भित्रै एक युवा सांसद मृत भेटिएका छन् । सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन मंगलबार बिहान राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन् ।

    बीबीसीका अनुसार मिर्गौला रोगसँग लडिरहेका पेल्टोनेनले आत्महत्या गरिएको अनुमान छ । घटनास्थल र उनको शव हेर्दा घटना शंकास्पद नभएकाले पेल्टोनेनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ । घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन् ।

    पेल्टोनेन सन् २०२३ मा पहिलो पटक दक्षिणी उसिमान क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । उनी १८ वर्षको उमेरमै जार्भेनपा सहरको नगर परिषद् सदस्यमा र २२ वर्षको उमेरमा नगर बोर्डको अध्यक्षमा चुनिएका थिए । जुन पदमा पुग्ने उनी सबैभन्दा कान्छो व्यक्ति थिए ।

    गत जुन महिनाको अन्त्यतिर पेल्टोनेनले सामाजिक सञ्जालमा आफू ‘मिर्गौलाको समस्या’ र त्यसपछिको संक्रमणका कारण केही हप्तादेखि संसदीय कामबाट टाढा रहेको जानकारी दिएका थिए ।

    उनले अस्पतालबाट डिस्चार्ज भइसकेको तर स्वास्थ्य अवस्थाका कारण बिरामी बिदामा बसेर पूर्ण रूपमा निको हुनमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए । उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको नभेटिएको बताएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार