Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पार्टी सभापतिले राजीनामा पर्दैन भन्नु भएको थियो, मेरो मनले मानेन: रामहरि खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले आफूलाई पदबाट राजीनामा दिन दबाब नदिएको दाबी गरेका छन् ।

आज (मंगलबार) संसदबाट राजीनामा घोषणा गरेका खतिवडाले संसद‌ भवन बाहिर संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो स्वविवेकले राजीनामा दिएको बताएका छन् ।

‘मैले सुरुकै दिन गाडी फिर्ता गरेकै थिएँ’, खतिवडाले भने, ‘पार्टी सभापतिले त मलाई हिजोसम्म पनि बस्नु पर्छ भनेको थियो । तर, मेरो मनले मानेन र राजीनामा दिएँ ।’

निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा चलखेल भएपछि जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो ।