शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजीनामा दिंदै रामहरिले भने– कर्मचारीलाई धेरै विश्वास गर्नु मेरो कमजोरी रह्यो

राजीनामा दिंदै रामहरिले भने– कर्मचारीलाई धेरै विश्वास गर्नु मेरो कमजोरी रह्यो

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • राजीनामा दिंदै रामहरिले भने– कर्मचारीलाई धेरै विश्वास गर्नु मेरो कमजोरी रह्यो

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सभापति खतिवडाले समितिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै खतिवडाले स्थायी सरकार मानिने कर्मचारीमाथि धेरै विश्वास गर्नु आफ्नो कमजोरी रहेको बताएका छन् ।

    ‘अन्तिममा जसरी अध्ययन हुनु पर्दथ्यो, त्यसमा ध्यान नपुगेको म पनि स्वीकार गर्छु,’ खतिवडाले भने, ‘स्थायी सरकार कर्मचारीप्रति विश्वास गर्नु मेरो पनि कमजोरी रह्यो ।’ ‘आशंकायुक्त दृष्टिले नहेर्नु मेरो पनि कमजोरी रह्यो,’ उनले थपे ।

    संघीय निजामती सेवा विधेयकमा छेडखानी भएपछि सभापति खतिवडामाथि नैतिक दबाब दिइँदै आएको छ । कांग्रेसकै सांसद जीवन परियार संयोजक रहेको छानबिन समितिले पनि सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो । कांग्रेसका शीर्ष नेतृत्वले पनि सभापति खतिवडालाई राजीनामा गर्न आग्रह गरेको बताइएको छ ।

    पार्टीले नै आग्रह गरिसकेपछि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेस नेताहरूले बताएका छन् । उक्त विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा छेडखानी भएको थियो । कुलिङ अफ पिरियडमा दुई वर्षे प्रावधान राख्ने समितिमा सहमति भए पनि संसदमा पेस भएको विधेयकमा उक्त प्रावधान उल्लेख नभएपछि विवाद उत्पन्न भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट