शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउनै पर्ने भएकाले विधान संशोधन : विष्णु रिजाल

ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउनै पर्ने भएकाले विधान संशोधन : विष्णु रिजाल

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउनै पर्ने भएकाले विधान संशोधन : विष्णु रिजाल

    सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउनै पर्ने भएकाले विधानको कतिपय व्यवस्था संशोधन गरिएको प्रष्ट पारेका छन् ।

    मानव अधिकार एलायन्सका इचार्ज समेत रहेका रिजालले मंगलवार वीरगञ्ञ्जमा आयोजित संगठनको कार्यक्रममा ओलीले नै एमालेमा थप एक कार्यकाल नेतृत्व गर्नुपर्ने आवश्यकता पार्टीले महसुस गरेकाले विधानमा व्यवस्था गरिएको बताएका छन् ।

    उनले भने, ‘एमालेमा नेतृत्व बदल्नु पर्छ कि पर्दैन भन्ने कुरा एमालेको आन्तरिक विषय हो अरूको होइन । के गर्ने भन्ने कुरा एमालेले गर्ने हो । एमालेलाई महसुस भयो कि केपी शर्मा अ‍ोलीकै नेतृत्व एक पटक आवश्यक छ । मोही माग्ने ढुंग्रो लुकाउने आवश्यक छैन, उहाँलाई फेरि अध्यक्ष बनाउनकै लागि विधानको ७० वर्षे व्यवस्था हटाएका हौँ । २ कार्यकाल दशौं महाधिवेशनमै हटाइसकेको हो।’

    रिजालले डा. पुष्प कँडेललाई लेखा आयोगको तेस्रो पटक अध्यक्ष बनाउने बेलामै २ कार्यकाल हटेको भन्दै केही नेताले विधान देखाएर टिभी र अनलाइनमा दिइरहेको गफ चियाको कपमा तुफान मात्र भएको बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट