शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारतमा राहुल गान्धीसहितका विपक्षी नेताहरु पक्राउ

भारतमा राहुल गान्धीसहितका विपक्षी नेताहरु पक्राउ

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • भारतमा राहुल गान्धीसहितका विपक्षी नेताहरु पक्राउ

    भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

    बिहारमा मतदाता नामावली संशोधनको विरोधमा विपक्षी सांसदहरूले संसद भवनबाट निर्वाचन आयोग कार्यालयसम्म गरेको विरोध मार्चका क्रममा प्रहरीले गान्धीसहित विपक्षी नेताहरुलाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    विरोध गरिरहेका विपक्षी सांसदहरूलाई निर्वाचन आयोगको मुख्यालयतर्फ जानबाट रोक्न यातायात भवनमा प्रहरी ब्यारिकेड लगाइएको थियो । प्रहरीले यो मार्चको लागि विपक्षी सांसदहरूले कुनै अनुमति नलिएको बताएको छ । प्रहरीले रोकेपछि अखिलेश यादव, महुआ मोइत्रा लगायत धेरै सांसदहरूले ब्यारिकेड चढ्ने प्रयास गरेका थिए । केही सांसदहरू ब्यारिकेड हाम फालेर सडकको बीचमा धर्नामा बसे। प्रहरीले प्रदर्शनकारी सांसदहरूलाई सम्झाउने प्रयास गरे पनि सांसदहरूले बाटोबाट हट्न अस्वीकार गरेपछि राहुल-प्रियंका गान्धी लगायत सबै नेताहरूलाई प्रहरीले हिरासतमा लिएको थियो ।

    पक्राउ परेका नेताहरुलाई नजिकैको प्रहरी चौकीमा लगिएको बताइएको छ । प्रहरीले निर्वाचन आयोगमा जान ३० जना सांसदले अनुमति लिएको भए पनि प्रदर्शन नै गरेपछि पक्राउ गरेको बताएको छ । 

    विहारमा ठुलो संख्यामा मतदाताको नाम काटिएको र नयाँ मतदाता थपिएको भन्दै अहिले विपक्षी दलहरुले कडा प्रतिक्रिया जनाइरहेका छन्  । बिहारमा आउदो नोभेम्बरमा विधान सभाको तयारी चलिरहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट