Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रवि लामिछानेको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागारमा

पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभपति रवि लामिछानेको बसाइको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो । कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापन कमजोर भएको भन्दै केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।

टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ । यसअघि रविलाई भेट्न पुगेका डा. बाबुराम भट्टराई, डा. सिके राउत, हृदयेश त्रिपाठी, माधव सापकोटा तथा बासुदेव घिमिरेले रविलाई कष्ट दिएको बताएका थिए ।

त्यसैले पनि आयोगको टोली रविको अवस्था बुझ्न कारागार आएको हो ।