शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रहरीको गोलीबाट मारिएका लालुको घरमा पुगे मधेशका मुख्यमन्त्री

प्रहरीको गोलीबाट मारिएका लालुको घरमा पुगे मधेशका मुख्यमन्त्री

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • प्रहरीको गोलीबाट मारिएका लालुको घरमा पुगे मधेशका मुख्यमन्त्री

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा प्रहरीको गोलीबाट मारिएका लालु यादवको घरमा पुगेका छन् ।

    मुख्यमन्त्री सिंहले मृतक यादवको घर र घटनास्थलमा पुगेर शोकाकुल परिवारका सदस्य, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।

    भेटपछि मुख्यमन्त्री सिंहले भनेका छन्- 'सप्तरी जिल्ला राजगढ–२ कमलपुर निवासी ३६ वर्षीय लालु यादवको गोली लागी भएको निधन अत्यन्त दुःखद र पीडादायी विषय हो । यो  घटनापछि आज म स्वर्गीय यादवको घर र घटनास्थल पुगेर शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरी घटनाका बारेमा विस्तृत जानकारी लिएको छु । स्वर्गीय लालु यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने हार्दिक प्रार्थना गर्दछु । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेका छन् । सत्य तथ्य छिट्टै सार्वजनिक हुनेमा पूर्ण विश्वास व्यक्त गर्दछु ।'

    यादवमाथि गत साउन २० गते राति सप्तरी प्रहरीले तस्करी नियन्त्रणको नाममा पक्रेर गोली चलाउँदा मृत्यु भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार