शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेस-एमालेद्वारा ह्वीप जारी

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेस-एमालेद्वारा ह्वीप जारी

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेस-एमालेद्वारा ह्वीप जारी

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँलाई विश्वासको मत दिन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेका छन् ।  मुख्यमन्त्री बानियाँले आगामी मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने तय भएपछि कांग्रेस-एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । 

    बागमती प्रदेश सभाको बैठक मंगलबार दिउसो ४ बजे बस्दैछ । बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

    ११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट