Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

झलनाथ खनाल भेट्न उनकै निवास पुगे नारायणकाजी, के-के भयो कुराकानी?

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट गरेका छन् ।

उपाध्यक्ष श्रेष्ठ नेता खनाललाई भेट गर्न डल्लुस्थित खनाल निवासमा पुगेका हुन् । अहिले दुई नेताबीच भेटवार्ता भइरहेको छ ।

दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्यलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

श्रेष्ठले यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेका थिए । त्यस्तै, उनले शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।