नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट गरेका छन् ।
उपाध्यक्ष श्रेष्ठ नेता खनाललाई भेट गर्न डल्लुस्थित खनाल निवासमा पुगेका हुन् । अहिले दुई नेताबीच भेटवार्ता भइरहेको छ ।
दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्यलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
श्रेष्ठले यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेका थिए । त्यस्तै, उनले शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्