शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कैलाली कारागार झडप: गृहमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच छलफल

कैलाली कारागार झडप: गृहमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच छलफल

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • कैलाली कारागार झडप: गृहमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच छलफल

    कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको झडप र एक कैदीको मृत्युपछि उत्पन्न तनावग्रस्त स्थितिलाई लिएर केन्द्र र प्रदेश सरकार गम्भीर बनेको छ ।

    घटनाको समीक्षा र आगामी रणनीति तय गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार आकस्मिक भेटघाट भएको छ ।

    भेटमा कारागारभित्रको भयावह अवस्था, सुरक्षा व्यवस्थापनमा भएको गम्भीर चूक, प्रदेशको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ ।

    शुक्रबार मध्यरातमा ‘नन्दु सरकार’ भनेर चिनिने नवीन रावलको समूहले अर्काे समूहका कैदीहरू सुतिरहेको ब्लकमा पर्खाल फोडेर पसी खुकुरी, रड र चक्कुले अन्धाधुन्ध आक्रमण गरेको थियो ।

    उक्त सांघातिक हमलामा ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको छ भने करिब ४७ जना घाइते भएका छन्।घटनाको मूल जड ‘नन्दु सरकार’ र जयन्द्र शाह समूहबीच लामो समयदेखि चल्दै आएको गुण्डागर्दी र दुष्मनी हो । जुन २०७८ मा भएको भूपेन्द्र बडूवाल हत्याकाण्डसँग समेत जोडिएको छ ।

    कारागार प्रशासन र जिल्ला सुरक्षा संयन्त्रको गम्भीर लापरबाहीका कारण घटना भएको स्पष्ट देखिन्छ । आक्रमण हुनुभन्दा एक दिनअघि बिहीबार मात्रै दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए ।

    पटक–पटक तनाव हुँदा र सम्भावित हिंसाको सूचना पाउँदा समेत प्रशासनले सतर्कता अपनाएको देखिएन, जसको परिणाम स्वरूप कारागारभित्रै रक्तपातको स्थिति बन्यो । शुक्रबार रातिको घटनापछि कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा छ । उनीहरूले भित्रबाट गेटमा ताला लगाएर सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन् ।

    LOL

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार