शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक

    नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।  पार्टीका महासचिव घनश्याम भूसालले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिएका छन् ।

    स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते र भदौ ५ गते पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । त्यसपछि भदौं ७ र ८ गते केन्द्रीय कमिटी बैठकसुकेधारास्थित  मिराकल पार्टी भेनुमा बस्ने महासचिव भूसालले जानकारी दिएका छन् । सबै बैठक ११ बजे सुरु हुने बताइएको छ ।

    पछिल्लो समय एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच घमासान देखिएको छ । दुवैले एक अर्काविरुद्ध विभिन्न आरोप लगाउदै पार्टी छोडेर जान सक्ने सम्मको अभिव्यक्ति दिएका छन् । दुवै नेताबीच पार्टीको रणनीतिक कार्ययोजनामै विवाद देखिएको छ । त्यस्तै पछिल्लो समय पार्टीमा समाहित भएका नेता वामदेव गौतमले पनि अहिलेसम्म भूमिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्न शुरु गरिसकेका छन् । यस पृष्ठभूमिमा हुन लागेको एकीकृत समाजवादीको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट