Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रास्वपाले रवि लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएको छ।

सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो।

आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुने छ।

कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने छ।