शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कल्याणपुर नगरपालिकाका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कल्याणपुर नगरपालिकाका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • कल्याणपुर नगरपालिकाका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलिविरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    साहले वडा नम्बर–६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागेको उजुरी परेपछि अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा घुस रकमसहित पक्राउ गरेको थियो ।

    मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेषमा शुक्रबार आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट