Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

१६ वर्षमै बच्चा जन्माए त झन् ओलीले पुरस्कार नै दिन्छन् होला : माधव नेपाल

झलनाथलाई भने - ओलीको सेवा गरेर बसे हुन्छ

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १६ वर्षमा बिहे गरे ओली झन् खुसी हुन सक्ने बताए । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए । 

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, "अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।"  

झलनाथलाई भने : ओलीको सेवा गरेर बसे हुन्छ  

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् । उनले विद्रोह गरेर नयाँ पार्टी बनाइसकेपछि विद्रोहको औचित्य नरहने भन्न नमिल्ने बताए ।

उनले पार्टीको हित र पक्षमा मात्रै प्रचारप्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन पनि निर्देशन दिए । अध्यक्ष नेपालले संविधान मिचेर संसद् विघटन गरिएपछि आफूहरूले एमालेबाट विद्रोह गरेर नयाँ दल बनाएको स्मरण गरे । "मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले ठिक गरेका छौँ । दृढतताका साथ पहल गरेका छौँ ।

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले जोगाएर ल्याएको दाबीसमेत गरे । 

यो पनि पढ्नुहोस् -