शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित

शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित

    प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट विद्यालय शिक्षक विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

    समितिको आज सिंहदरबारमा बसेको बैठले सहमति जुट्न बाँकी रहेका विषय टुंगो लगाएको हो । शिक्षक महासंघसँगको असन्तुष्टि कारण शिक्षकहरूको बढुवाको विषय टुंगो लागेको थिएन ।

    शिक्षकहरूको बढुवा तीन किसिमले गर्ने गरी आज समितिले टुंगो लगाएको हो । अब शिक्षकहरूको आन्तरिक प्रतियोगितद्वारा ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्य क्षमताको मूल्यांकनद्वारा मूल्यांकन हुनेछ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ ।

    बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यसैगरी शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।

    आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको हो । यसैगरी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट