Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

दीपक साह जनमत पार्टीबाट निष्काशित

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको हो ।

साहलाई गत चैत १४ गते १४ बुँदे सुधारको सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो । कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्काशित हुनुपरेको हो ।