Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भारतको अमेरिका र युरोपलाई जवाफ- रुससँग तिमीहरु पनि व्यापार गर्दैछौं

भारतले रुससँग तेल व्यापार गरेकोप्रति अमेरिका र युरोपियन युनियनले लगाइरहेको आरोपको जवाफ दिएको छ । भारतीय विदेश मन्त्रालयका रणधीर जयसवालले रुसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नहरूको जवाफ दिदै द्वन्दका कारण यस्तो अवस्था आएको बताएका छन् ।

उनले भनेका छन्-'युक्रेन द्वन्द्व सुरु भएदेखि नै रुसबाट तेल आयात गर्ने विषयमा भारत अमेरिका र युरोपेली संघले लक्षित गरेको छ । वास्तवमा, भारतले रुसबाट तेल आयात गर्न थाल्यो किनभने द्वन्द्वपछि परम्परागत आपूर्ति युरोपतिर मोडिएको थियो । त्यस समयमा, अमेरिकाले नै भारतलाई आयात गर्न प्रोत्साहित गरेको थियो ताकि विश्व तेल बजारको स्थिरता बलियो रहोस् ।'

उनले भारतको आलोचना गर्ने देशहरू आफैं रुससँग व्यापार गरिरहेको उल्लेख गर्दै भारत जस्तै, यो व्यापार उनीहरूको देशको लागि आवश्यक बाध्यता नभएको बताएका छन् । उनले भनेका छन्- 'भारतले आफ्ना उपभोक्ताहरूलाई सस्तो र स्थिर ऊर्जा प्रदान गर्न आयात गर्छ । यो विश्वव्यापी बजार अवस्थाको बाध्यता हो । तर यो उल्लेखनीय छ, भारतको आलोचना गर्ने देशहरू आफैं रुससँग व्यापार गरिरहेका छन् । भारत जस्तै, उनीहरूको यो व्यापार उनीहरूको देशको लागि आवश्यक बाध्यता होइन ।'

युरोप-रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खनिज उत्पादन, रसायन, फलाम र स्टीलका साथै मेसिनरी र यातायातका सामानहरू पनि समावेश रहेको बताउदै उनके भनेका छन्- 'जहाँसम्म अमेरिकाको कुरा छ, उसले अझै पनि आफ्नो आणविक उद्योगको लागि रूसबाट युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधन उद्योगको लागि प्यालेडियम, मल र रसायन आयात गर्दछ ।'

भारतलाई लक्षित गर्नु अनुचित र तर्कहीन रहेको बताउदै प्रवक्ता जयसवालले भनेका छन्- 'कुनै पनि प्रमुख अर्थतन्त्र जस्तै, भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको लागि सबै आवश्यक कदम चाल्नेछ ।'