Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पार्टीभित्रका सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौंः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्पकासाथ अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् । सोमबार सम्पन्न भएको स्थायी समितिको बैठकपछि उनले पार्टीलाई एकतावद्ध गर्ने चुनौती देखिएतापनि त्यसलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।

दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो । त्यो चुनौतीलाई हामीलाई जिम्मेवारीपूर्वक पूरा गरेको छौं र सामूहिक प्रतिवद्धता गरेका छौं । अझ सुदृढ एकताकासाथ सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रूपमा प्रतिवद्धता गरेका छौं ।’

उनले कुलिङ पिरियडको विषयमा जुन चलखेल र गल्ती भएको छ, त्यसका दोषीलाई कारवाही गर्नेगरी छानविन समितिले रिर्पोट ल्याउनुपर्ने बताए ।