Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनामीको चेतावनीपछि जापानका १९ लाखभन्दा बढीलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह

रुसमा आएको शक्तिशाली भूकम्पपछि आएको सुनामीको कारण जापानका १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनिएको छ ।

यी मध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइडोमा छन्, जहाँ स्थानीय मिडिया फुटेजमा मानिसहरू घरको छतमा चढेको देखिएको छ ।

केही मानिसहरू टोकियोको दक्षिणमा रहेको चिबा तटमा भेला भएका छन् । अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र उचाईमा सर्न अपील गरेका छन् ।

जापानको प्रशान्त तटमा दर्जनौं सुनामी छालहरू आइपुगेका छन् । प्रशान्त तट बाहेक, उत्तरमा होक्काइडोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म निकासी चेतावनी जारी गरिएको छ ।

मौसम विज्ञान एजेन्सीले सुनामी छालहरू ३ मिटरसम्म अग्लो हुन सक्ने बताएको छ । जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई अग्लो जमिनमा सारिएको बताएको छ ।