शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चीनको बेइजिङ क्षेत्रमा भारी वर्षा, अहिलेसम्म ३४ जनाको मृत्यु

चीनको बेइजिङ क्षेत्रमा भारी वर्षा, अहिलेसम्म ३४ जनाको मृत्यु

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • चीनको बेइजिङ क्षेत्रमा भारी वर्षा, अहिलेसम्म ३४ जनाको मृत्यु

    चीनको राजधानी बेइजिङ र वरपरका क्षेत्रमा भारी वर्षा र बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ ।

    चीनको सरकारी टिभी च्यानल सीसीटीभीका अनुसार बेइजिङको मियुन जिल्लामा २८ जना र याङ्किङ जिल्लामा २ जनाको मृत्यु भएको छ । यी दुवै क्षेत्र शहरको बाहिरी इलाकामा अवस्थित छन् ।

    बाढीका कारण बेइजिङबाट ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । यीमध्ये करिब १७ हजार मियुन जिल्लाका छन् । निरन्तर वर्षाका कारण मंगलबार बिहानसम्म बेइजिङका केही भागहरूमा ३० सेन्टिमिटरसम्म पानी परेको बताइएको छ ।

    बेइजिङसँग जोडिएको हेबेई प्रान्तको लुआनपिङ काउन्टीमा सोमबार पहिरो जादा ४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्। स्थानीय मानिसहरूले उक्त क्षेत्रमा नेटवर्क डाउन भएको र सञ्चार कठिन भएको बताएका छन् ।

    बेइजिङ प्रशासनले उच्चस्तरीय आपतकालीन अवस्था घोषणा गरेको छ । यसअन्तर्गत सबै विद्यालयहरू बन्द गरिएका छन् । निर्माण कार्य र बाहिरी गतिविधिहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।

    चिनियाँ सरकारले हेबेई प्रान्तमा ५ करोड युआनको आपतकालीन सहायता पठाएको छ । यसका साथै चेङ्दे, बाओडिङ र झाङजियाकोउ जस्ता प्रभावित शहरहरूमा राहत कार्यका लागि केन्द्रीय टोलीहरू पठाइएको छ ।

    यसअघि प्रशासनले मियुन जिल्लाको प्रमुख जलाशयबाट पानी छोड्ने निर्णय गरेको थियो । यो १९५९ मा निर्माण गरिएको थियो । त्यसबेलादेखि, यसको पानीको स्तर पहिलो पटक उच्चतम पुगेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट