Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

टेरामक्स प्रकरण: दिगम्बर झालाई धरौटीमा छोड्न अदालतको आदेश

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा आइतबार अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले तीन लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मील जानकारी दिए ।

अख्तियारले गत जेठ १ मा प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ मा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।