शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

    ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक १६ दिनका लागि बन्द गरिएको छ । 

    मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिवारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । 

    मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले  उक्त समय अवधिभर सडक बन्द गर्नुपरको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले सुचनामा भनेको छ- मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले आज मिति: २०८२ साउन ९ गते देखि साउन २५ गते सम्म (जम्मा १६ दिन) सवै खालको सवारी साधन आवत जावत बन्द गरीएको जानकारी गराउदछौं । सम्पुर्णमा माथि उल्लेखित समयावधि भर बैकल्पिक बाटोको रुपमा थुकिमाको मुदुम्सको मुख्य सडक खण्ड - माश्रेङ स्वास्थ्य चौकी हुदैँ मुङ्वाखोला लिङ्तेप - कान्छी बजारको बाटो प्रयोग गरिदिनहुन समेत अनुरोध गर्दछौं ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार