शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दिक्तेलका मेयरको काठमाडौंमा ‘सत्याग्रह’

दिक्तेलका मेयरको काठमाडौंमा ‘सत्याग्रह’

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • दिक्तेलका मेयरको काठमाडौंमा ‘सत्याग्रह’

     खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा ‘सत्याग्रह’ सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका हुन् ।

    माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । छेउँमा बाँसका भाटा राखेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।

    उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन् ।

    उनलाई स्थानीय अगुवा र केही जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् । सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार दक्षिण गेट अगाडि सत्याग्रह सुरु गर्ने उनको योजना थियो । तर त्यहाँ निषेधित क्षेत्र तोकिएकाले उनी माइतीघर मण्डलामा बसेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट