शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आज अवकाशमा जाँदै

सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आज अवकाशमा जाँदै

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आज अवकाशमा जाँदै

    सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आज आइतबार सेवा निवृत्त हुँदैछन् । ५८ वर्षे उमेर हदका कारण ढकाल मुख्य रजिस्ट्रारको पदबाट सेवा निवृत्त हुन लागेका हुन् । उनी कार्यालय आउन भने केही दिनअघिबाटै छाडिसकेका छन् ।

    ढकाल २०८० पुसमा मुख्यसचिव सरहको मुख्य रजिस्ट्रार पदमा बढुवा भएका थिए । कास्कीका ढकालले २०५२ सालमा न्याय सेवाको तृतीय श्रेणी (शाखा अधिकृत) मा नियुक्ति पाएका थिए । २०५९ मा द्वितीय श्रेणी (उपसचिवस्तर), २०६६ मा प्रथम श्रेणी (सहसचिवस्तर) र २०७५ मा सचिवमा बढुवा भएका थिए ।

    यसअघिका मुख्य रजिस्ट्रारहरु फटाफट उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीश पदमा नियुक्ति पाएका भए पनि ढकालले त्यस्तो अवसर पाएनन् । यसअघिका मुख्य रजिस्ट्रारहरु नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका छन् ।

    अरु दुई मुख्य रजिस्ट्रार राजन भट्टराई र लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश हुँदै हाल मुख्य न्यायाधीशका रुपमा कार्यरत छन् । निजामती सेवा विधेयक संसदबाट गत असारमै पारित भएको भए उनको एक वर्ष पदावधि थपिने थियो । किनभने, उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछिको अर्को आर्थिक वर्षमा निवृत्त हुने मुख्य सचिवस्तरका कर्मचारीको उमेर हद ५९ वर्ष हुने व्यवस्था प्रस्ताव गरिएको छ । तर कुलिङ अफ पिरियडको विवादले उक्त विधेयक संसदमै अड्किएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार