शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सहायक हवल्दारसहित २२ प्रहरी सम्पर्कविहीन

सहायक हवल्दारसहित २२ प्रहरी सम्पर्कविहीन

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • सहायक हवल्दारसहित २२ प्रहरी सम्पर्कविहीन

    नेपाल प्रहरीका तीन सहायक हवल्दारसहित २२ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयले वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ ।


    तीन जना प्रहरी सहायक हवल्दार, एक जना प्राविधिक प्रहरी सहायक हवल्दार, १३ जना प्रहरी जवान, तीन जना प्राविधिक प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्पर्कविहीन भएका सहायक हवलदारहरूमा विवेक साउद, देवकी थापा र प्रकाश थारू छन् । उनीहरू जेठको विभिन्न मितिदेखि गैरहाजिर छन् । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    हेर्नुस् सूचना

    Screenshot(2).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट