शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जोखिममा रामेछापको भटौली खोलाको पक्की पुल

जोखिममा रामेछापको भटौली खोलाको पक्की पुल

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • जोखिममा रामेछापको भटौली खोलाको पक्की पुल

    रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ।

    मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो। भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी-४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    उनले भने, ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ।’

    सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइसकिएको उनले बताए। वर्षा याम सुरु भएसँगै खोलामा निरन्तर बाढी आइरहेकोले तत्काल संरक्षण नगरेमा पुल पुल बगाउने जोखिम रहेको वडाध्यक्ष पौडेलको भनाइ छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार