शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

थाइल्यान्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह

थाइल्यान्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • थाइल्यान्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा तीन पोस्ट गर्दै आफूले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीसँग कुराकानी गरेको र दुवै देशले अब युद्धविराम चाहेको बताएका छन् ।

    उनले शान्ति स्थापनापछि दुवै देशसँग व्यापार सम्झौता हुने आशा व्यक्त गरेका छन् । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाईले सैद्धान्तिक रूपमा आफूहरू युद्धविराममा सहमत भएको पुष्टि गरे । तर, उनले यो विषयमा कम्बोडिया पक्षबाट इमानदारी देख्न चाहेको बताए ।

    ट्रम्पले केही मिनेटको अन्तरालमा तीन पोस्ट गर्दै कम्बोडियाका प्रधानमन्त्रीसँग निकै राम्रो कुराकानी भएको उल्लेख गरेका छन् । “मैले उनलाई (कम्बोडियाका प्रधानमन्त्री) थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीसँग भएको मेरो कुराकानीबारे जानकारी दिएँ । दुवै पक्ष तत्काल युद्धविराम र शान्ति चाहन्छन् । उनीहरू अमेरिकासँग पुनः व्यापारिक वार्ताको टेबुलमा फर्कन चाहन्छन्, जुन हाम्रो विचारमा तबसम्म उचित हुँदैन, जबसम्म लडाइँ रोकिँदैन । उनीहरूले तुरुन्तै भेटेर छिट्टै युद्धविराममा सहमति बनाउने र अन्ततः शान्ति स्थापना गर्ने काममा सहमति जनाएका छन्,” ट्रम्पले पोस्टमा भनेका छन् ।

    उनले यसअघि आफूले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीसँग कुराकानी गरेको बताएका थिए । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा ३३ जनाको मृत्यु भएको छ । थाइल्यान्ड–कम्बोडिया सीमामा बिहीबार बिहानदेखि दुवै देशका सैनिकहरूबीच गोलाबारी भइरहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार