शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारी जग्गाको नक्कली लालपूर्जा बनाउने मालपोत अधिकृत सहयोगीसहित पक्राउ

सरकारी जग्गाको नक्कली लालपूर्जा बनाउने मालपोत अधिकृत सहयोगीसहित पक्राउ

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • सरकारी जग्गाको नक्कली लालपूर्जा बनाउने मालपोत अधिकृत सहयोगीसहित पक्राउ

    सरकारी जग्गाको नक्कली लालपूर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् ।

    सरकारी छाप दुरुपयोग गरेर नक्कली लालपूर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जयकुमार केवटलाई शुक्रबार पक्राउ गरेको जनाएको छ ।

    उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

    घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार