Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अनिल अम्बानीका कम्पनीहरुमा ईडीको छापा

भारतका उद्योगपति अनिल अम्बानीका कम्पनीहरुमा  प्रवर्तन निर्देशनालय (ईडी) ले छापा मारेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, प्रवर्तन निर्देशनालय (ईडी) ले बिहीबार रिलायन्स अनिल अम्बानी समूहका कम्पनीहरूमा छापा मारेको हो । 

तीन हजार करोडको कथित बैंक ऋण ठगीसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दा अन्तर्गत यी कम्पनीहरूविरुद्ध यो कारबाही गरिएको बताइएको छ । नेशनल हाउसिङ बैंक, सेबी, राष्ट्रिय वित्तीय रिपोर्टिङ प्राधिकरण, बैंक अफ बडोदा र सीबीआईका दुई एफआईआरको आधारमा यी छापामारी गरिएको हो ।

ईडीको यस कारबाहीको बारेमा, रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरले एएनआईलाई दिएको आफ्नो बयानमा भनेको छ- 'यसले रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरको व्यापार सञ्चालन, वित्तीय प्रदर्शन, शेयरधारकहरू, कर्मचारीहरू वा अन्य कुनै पनि सरोकारवालाहरूमा कुनै प्रभाव पर्ने छैन ।'

कम्पनीले रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकम) वा रिलायन्स होम फाइनान्स लिमिटेड (आरएचएफएल) सँग सम्बन्धित कारोबार सम्बन्धी मिडिया रिपोर्टहरूमा उल्लेख गरिएका आरोपहरू दस वर्षभन्दा पुराना भएको बताएको छ ।