Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भक्तपुरमा दुई दिदीबहिनी मृत फेला

भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत भेटिएको प्रहरीले जनाएको छ । उनीहरु चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्दै आएका थिए ।

उनीहरू आज बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।