शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

केरुङमा फसेका दुई सय नेपाली १५ दिनपछि फर्किए

केरुङमा फसेका दुई सय नेपाली १५ दिनपछि फर्किए

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • केरुङमा फसेका दुई सय नेपाली १५ दिनपछि फर्किए

    भोटेकोशी बाढीपछि केरुङमा फसेका नेपालीहरु बुधबार चिनियाँ नाका हुँदै नेपाल फर्किएका छन् ।

    नेपालीहरुलाई मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याइदिएको थियो भने लिनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुराक्षा अधिकारीहरु नाका पुगेका थिए ।

    मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याएर नेपाली अधिकारीहरुको जिम्मा लगाएको थियो । केरुङमा फसेका २०३ नेपालीहरु २० वटा बसमा आएका थिए । अधिकांश चालक र सहचालकहरु बाढीमा फसेका थिए । केरुङमा फसेका नेपालीलाई उद्वारका लागि नेपाल सरकारले चीन सरकारसँग पहल गरेको थियो ।

    ल्हेन्दे खोलामा आएको बाढीबाट असार २४ मा नेपाल–चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भएको थियो । बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि टिमुरे–केरुङ सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै आवागमन ठप्प हुँदा असार पहिलो साता रसुवा नाका हुँदै केरुङ, कैलास, मानसरोवर पुगेका नेपालीहरु उतै अलपत्र परेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट