शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

    बेइजिङस्थित भारतीय दूतावासले बिहीबार अर्थात् २४ जुलाईबाट भिसा जारी गर्ने काम सुरु हुने जानकारी दिएको छ । भारतले २४ जुलाईदेखि चिनियाँ नागरिकहरूका लागि पर्यटक भिसा सुरु गर्ने भएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको यो निर्णयप्रति खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्- 'भारतले फेरि चिनियाँ पर्यटकहरूलाई भिसा दिनेछ । यो एक सकारात्मक कदम हो । दुई देशबीचको आवागमन धेरै लाभदायक हुनेछ । चीन निरन्तर सम्पर्कमा छ र दुई देशबीचको पर्यटन सुविधा सुधार गर्न भारतसँग वार्ता गरिरहेको छ ।'

    सन् २०२० मा गलवानमा भएको घटनापछि दुई देशबीचको सम्बन्धमा धेरै तिक्तता आएको थियो । यसपछि दुवै देशले एकअर्कामाथि धेरै प्रतिबन्ध लगाएका थिए ।  दुई देशबीचको सम्बन्धमा सुधार आएपछि, जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा सुरु भयो ।

    गत वर्ष अक्टोबरमा रूसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्षपछि औपचारिक वार्ता गरेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार