शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारको एक बर्ष खेर गयो: गगन थापा

सरकारको एक बर्ष खेर गयो: गगन थापा

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • सरकारको एक बर्ष खेर गयो: गगन थापा

    सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताएका छन् ।

    नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा संघर्ष गरेकाले अहिले पनि कांग्रेसमा संघर्ष आवश्यक रहेको बताए ।

    उनले भने, ‘बिपीले आफ्नो मात्रै सोच्नु भएन जनताका लागि सोचेर संघर्षमा हिँड्नुभयो । त्यसरी नै हामी हिँड्न जरुरी छ।’ बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उनले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताए ।

    उनले थपे, ‘कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो । यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो ।’ अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उनले यसलाई जगाई राख्न सक्नु नै बिपीको सच्चा अनुयायी भएको बताए ।

    उनले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए । उनले भने, ‘राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ ।’ जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उनले बिपीको विचारसहित गरेका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

    महामन्त्री गगन थापाले दुई ठूला पार्टी मिलेर बनेको शक्तिशाली सरकारले एक वर्ष त्यसै खेर फालेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओली सरकार टिक्नु नै ठूलो कुरा हो भनेर बसिरहेको बताए ।

    उनले भने, ‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौं । केपी ओलीले सरकारको नेतृत्व गरिराख्नु भएको छ, हामी त्यसको साझेदार छौं । मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफालौँ ।’ यद्यपि, उनले सत्ता गठबन्धनमा कुनै खटपट भएर आफूले यस्तो नभनेको बताए ।

    उनले भने, ‘हामीले एक वर्षको प्रारम्भमा राम्रो गर्‍यौं । सुरुमा उत्साह पनि थियो, सुधारको प्रयास पनि गर्‍यौँ हामीले । त्यसपछि हामी सरकार टिक्नु नै खुसीको कुरा हो भनेर आनन्दले बस्यौं । जसले गर्दा हाम्रो पछिल्लो ६–७ महिना त उपलब्धिहीन नै बन्यो । एक वर्ष जस्तो गर्नुपर्नेथ्यो त्यसमा हामी चुक्यौँ । कसैलाई दोष दिएर हुँदैन ।’

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको आवश्यकता रहेको बताए। कांग्रेस एक हुँदा विपक्षी कमजोर बन्ने भन्दै उनले देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको छ भन्ने आभास तल्लो तहमा हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू उमा रेग्मी, मधु आचार्य, टेकप्रसाद गुरुङ, अञ्जनी श्रेष्ठले कांग्रेस बिपीको विचारअनुसार हिँड्न युवाहरू अघि बढ्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, तरुण दलका केन्द्रीय सदस्य निर्मल पौडेल, नेपाली कांग्रेस चितवनका प्रवक्ता ज्ञानेन्द्र कार्कीलगायतले बिपीको योगदानबारे चर्चा गरे ।विसं २०७७ मा निर्माण सुरू गरिएको बिपी स्मृति भवनका आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । स्व मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा रु ६६ लाख ३५ हजारको लागतमा भवन निर्माण गरिएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट