शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निजामती विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

निजामती विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • निजामती विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

    संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । 

    मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।

    प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको 'कुलिङ पिरियड' बारे हेरफेर गरिएको विषय संसदीय समितिले छानबिन गरिरहेको छ । कुलिङ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिए पनि एमालेका केहि सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराए पछि सत्ता गठबन्धनमा यो विषय विवादको विषय बनेको छ ।

    त्यस्तै राष्ट्रियसभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई पनि दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट