शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चाक्सीबारी छलफलपछि देउवा निवासमा जुटे नेताहरू

चाक्सीबारी छलफलपछि देउवा निवासमा जुटे नेताहरू

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • चाक्सीबारी छलफलपछि देउवा निवासमा जुटे नेताहरू

    नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । हिजो (सोमबार) उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलको निष्कर्ष पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराउन उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।

    सोमबार नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजय गच्छदार र डा. प्रकाशशरण महत चाक्सीबारीमा जुटेका थिए । छलफलमा उनीहरूले एमाले–कांग्रेसको सहमतिअनुसार संविधान संशोधनसहितका कामहरू अघि नबढेको, सभापति देउवाले पनि गम्भीर विषयमा आफूहरूसँग छलफल नगरेको र नेता शेखर कोइरालाको सक्रियताको विषयमा छलफल गरेका थिए ।

    यस विषयमा उनीहरूले देउवासँगै भेटेर कुरा गर्ने निष्कर्ष पनि निकालेका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार गठबन्धनको भावनाबमोजिम सरकारले काम कारबाही गर्नुपर्ने र संविधान संशोधनका विषय अघि बढाउनु पर्ने पूर्व पदाधिकारीहरूको निष्कर्ष थियो ।

    सोहीअनुसार आज उनीहरू देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट