Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

दश वर्षपछि एमाले पार्टी कार्यालयमा विद्या भण्डारीको इन्ट्री

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्भवत: दश वर्षपछि एमाले पार्टी कार्यालय पुगेकी छन् ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।

GopalDahal-KTM-4IMG_6056(1)copy.jpg

एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो। नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। सोही विषयमा छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।

PM_OFCWhatsAppImage2025-07-20at5.51.24PM.jpg